Indrenionline.com

ओमानलाई पराजित गर्दै नेपाल फाइनलमा

काठमाडौं । एसीसी प्रिमियर कपमा नेपालले ओमानलाई ८७ रनले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ ।

नेपालले दिएको १४८ रनको लक्ष्य पछ्याएको ओमान २८.१ ओभरमै ६० रनमा अलआउट भएपछि नेपालले प्रभावशाली जित निकालेको हो। खेलमा दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट अलराउन्ड प्रदर्शन गरे।

दीपेन्द्रसिंहले ब्याटिङतर्फ ५१ रन बनाउनुका साथै बलिङमा ३ विकेट लिए । नेपालले अब शनिबार यूएईसँग फाइनल खेल्नेछ। यस खेलको विजेता टोली एसिया कपका लागि छनोट हुनेछ।