काठमाडौं २० साउन । नेकपा माओवादी केन्द्रले पनि आफ्नो कोटाबाट मन्त्री हुने तीन जनाको नाम टुंगो लगाएको छ । प्रचण्ड निवास लाजिम्पाटमा बसेको केन्द्रको बैठकले पहिलो चरणमा कृष्ण बहादुर महरा, दलजित श्रीपाली र गौरीशंकर चौधरीलाई मन्त्री बनाउने गरी नाम टुंगो लगाएको हो ।
उनीहरु तीनै जनाले आजै सपथ लिने माओवादी श्रोतले रातोपाटीलाई जानकारी दियो । बैठक श्रोतका अनुसार महरा उपप्रधान तथा अर्थ मन्त्रालय सम्हाल्नेछन् । त्यसैगरी दलजित श्रीपालीले खेलकुद र गौरीसंकर चौधरीले कृषि मन्त्रालय सम्हाल्नेछन् ।