काठमाडौं । तत्कालीन सरकारले केही सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाएपछि गत २३ भदौ जेन–जी आन्दोलन भयो । भदौ २४ गते देशभरी प्रदर्शन भयो । प्रदर्शनका क्रममा सरकारले दमन गर्दा ७६ जनाको ज्यान गयो भने दुई हजार ६ सय भन्दा बढी घाइते भए । सरकारको दमनपछि उग्र भएको प्रर्दशनले नेपालकै ऐतिहासिक सिंहदरबार, न्यायलयको निकाय सर्वाेच्च निकाय सर्वाेच्च अदालत तथा सरकारी कार्यालयहरुमा आगजनी गरिएको थियो । कागजनी राजनीतिक दलका नेताहरुको घर, ठूला व्यापारिक केन्द्र तथा देशभरिकै सरकारी कार्यालय तथा सरकारी सम्पत्तीहरुमा गरिएको थियो । आगजनीबाट करिब ८५ अर्बको सम्पत्ती जलेर ध्वस्त भएको थियो ।