Indrenionline.com

आज राष्ट्रिय शोक : १३४२ शव भेटिए, ४९९६ अझै सम्पर्कविहीन

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भिषण बाढीले हजारौंको ज्यान लिएको र हजारौ वेपत्ता बनाएको आज १३ दिन पुगेको छ । भदौ १० गते विहान आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट र धादिङका विभिन्न स्थानमा ठूलो जनधनको क्षति पुर्याएको थियो ।

अहिलेसम्म १३४२ शव भेटिएका छन् भने अझै ४९९६ व्यक्ति सम्पर्कविहीन छन् । बाढीमा परी ६ हजार ८३ जना घाइते भएका छन् । केही स्थानमा आजसम्म पनि उद्धारको काम भइरहेको छ । विशेष गरी त्यस क्षेत्रमा पर्ने भूमिगत जलविद्युतहरुका सुरुङहरुमा फसेकाहरुलाई उद्धार गर्ने काम भइरहेको छ ।

१८ भदौमा बसेको मन्त्रिपरिषद्को बैठकले भोटेकोशीमा आएको अकल्पनीय भीषण बाढीका कारण मृत्युवरण गर्ने व्यक्तिहरूको सम्मानमा आज राष्ट्रिय शोक मनाउने निर्णय गरेको थियो। सो अनुसार आज देशभरीका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाइने छ।