Indrenionline.com

आज केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । आज देशका केही भू-भागमा भारी वर्षाको सम्भावना छ। जल तथा मौसम विज्ञान विभागका अनुसार कोसी, वाग्मती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभाग, कर्णाली प्रदेशको पहाडी भू-भाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई क्षेत्रको एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

राति कोसी प्रदेशको पहाडी र तराई भू-भागको एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ। विभागले दिउँसो देशभर साधारणतया बादल लाग्ने बताएका छ। हिमाली भू-भागका केही स्थानमा तथा पहाडी क्षेत्रका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा/हिमपातको सम्भावना छ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका धेरै स्थानमा, वाग्मती र गण्डकी प्रदेशका तराई भू-भागका केही स्थानमा तथा मधेस र कोसी प्रदेशको तराई भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ।