Indrenionline.com

प्रधानमन्त्री बालेनले सांसदका प्रश्नको जबाफ दिंदै

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले आज पहिलो पटक प्रतिनिधिसभा नियमावलीवमोजितम प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जबाफ दिदैछन् ।

संघीय संसद् सचिवालयका अनुसार दिउँसो १ बजे बस्ने बैठकमा प्रतिनिधिसभा नियमावली, २०८३ को परिच्छेद–९ अनुसार सांसदहरूले सोधेका प्रश्नको प्रधानमन्त्री शाहले जबाफ दिने सम्भावित कार्यसूची छ।

सभामुख डोलप्रसाद अर्यालले भदौ १ को बैठकबाट सांसदहरूले सोधेको प्रश्नको जबाफ दिन प्रधानमन्त्रीलाई उपस्थित हुन रूलिङ गरेका थिए। यस कार्यक्रमका लागि ११ जना सांसदहरूले प्रश्न टिपाएका छन्।