Indrenionline.com

खोलाले बगाउँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते

सल्यान । सल्यानको बाफुखोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ । खोलाले बगाउँदा अर्का एक जना गम्भीर घाइते भएका छन्।

खोलाले बगाउँदा रोल्पाको गंगादेव गाउँपालिका–४ निवासी ७२ वर्षीय देउरुप डाँगीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। उनलाई बगेको स्थानबाट करिब ५०० मिटर तल मृत अवस्थामा फेला पारिएको प्रहरी निरीक्षक देवराज भट्टराईले जानकारी दिएका छन् ।

यस्तै, बागचौर नगरपालिका–११, कुकुरगारे निवासी ४७ वर्षीय भीमबहादुर वलीलाई पनि खोलाले बगाएको थियो। उनलाई घटनास्थलबाट करिब ५० मिटर तल अचेत अवस्थामा उद्धार गरिएको प्रहरीले जनाएको छ।
बागचौर नगरपालिका–११ स्थित बाफुखोला तर्ने क्रममा सोमबार साँझ दुई जनालाई खोलाले बगाएको थियो ।