बुटवल । गएको शुक्रवारदेखि सम्पर्कविहीन भएका कपिलवस्तु नगरपालिकाका पूर्वमेयर किरण सिंह मृत फेला परेका छन् । सिंहको शव जिल्लाको गोरुसिंगे जंगलमा आज फेला परेको हो ।
सिंह शुक्रबार अन्दाजी २ बजेतिर कपिलवस्तु–३ स्थित घरबाट निस्किएका थिए । पूर्वपश्चिम राजमार्गबाट करिब आठ किलोमिटरभित्र जंगल क्षेत्रमा उनले चढ्ने गरेको लु प्र ०१०१३ प ७९७० नम्बरको मोटरसाइकल रोकिराखेको अवस्थामा भेटिएको थियो ।
वेपत्तापछि प्रहरीले तालिम प्राप्त कुकुरसहित खोजी कार्यलाई तीब्र बनाएको थियो । अन्तः ६५ वर्षीय सिंह जंगलमा मृत फेला परेका छन् । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
