Indrenionline.com

६ प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । मनसुनी वायुको प्रभावले कोशी, मधेस, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक दुई स्थानमा पानी परिरहेको छ।

देशभर साधारणतया बादल लाग्नेछ। लुम्बिनी र सुदुरपश्चिम प्रदेशका तराई भू-भागका केही र मधेश साथै कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू-भागको थोरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ।

कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू-भागका साथै कर्णाली प्रदेशको पहाडी भू-भाग र लुम्बिनी प्रदेशको पहाडी र तराई भू-भागका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना छ। राति देशभर साधारणतया बादल लाग्नेछ। देशको हिमाली भू-भागका केही स्थानमा वर्षा/हिमपातको सम्भावना छ।