Indrenionline.com

उपचारको क्रममा गणेश नेपालीको मृत्यु

काठमाडौं । काठमाडौं महागर प्रहरीले रोकिराखेको मोटरसाइकलमा ह्विल लक लगाइदिएपछि शरीरमा आगो गलाएर आत्मदाहको प्रयास गरेका मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीको मृत्यु भएको छ । आगोले जलेका नेपालीको वीर अस्पतालमा उपचारका क्रममा आज बिहान साढे ११ बजेतिर मृत्यु भएको हो ।

नेपालीको ‘आईसीयू’ मा उपचारको क्रममा मृत्यु भएको वीर अस्पतालका प्रवक्ता डा. प्रकाश बुढाथोकीले पुष्टि गरेका छन् ।
त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडी शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका नेपालीलाई हिजो दिउँसो ३ बजे वीर अस्पतालको आकस्मिक कक्षमा भर्ना उपचार थालिएको थियो ।

नेपालीको शरीर ५५ प्रतिशतभन्दा धेरै भागमा जलन भएको थियो । नेपालीको उपचारका क्रममा मृत्यु भएपछि अस्पतालमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।