Indrenionline.com

एसईई पूरकमा ६४.६९ प्रतिशत विद्यार्थी सफल

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को ग्रेडवृद्धि अर्थात् (पूरक) परीक्षाको नतिजा आज सार्वजनिक गरेको छ ।

सार्वजनिक नतिजा अनुसार ग्रेडवृद्धि परीक्षामा १ लाख २९ हजार १ सय ९४ जना विद्यार्थी सहभागी भएकोमा ८३ हजार ५ सय २३ जना उत्तीर्ण भएका छन् । जुन कुल सहभागीको ६४.६९ प्रतिशत हुन आउछ ।

सबैभन्दा धेरै ५१ हजार ४ सय ३८ विद्यार्थीले २.४० देखि २.८० सम्म प्राप्त गरेका छन् । बोर्डले नतिजा वेबसाइट तथा एसएमएसलगायतका सेवामार्फत हेर्न सकिने जनाएको छ ।

नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस्

https://see.ntc.net.np/