Indrenionline.com

रातिमा घरभित्र बाढी पस्दा एक जनाको मृत्यु

डोल्पा । डोल्पाको जगदुल्लामा लगातारको वर्षापछि आएको बाढीमा परी एक जनाको ज्यान गएको छ । जगदुल्ला गाउँपालिका–५ गैरीगाउँकी अन्दाजी ५६ वर्षीया आनन्दी विकको रातिमा आएको बाढीमा परी ज्यान गएको हो । बाढीमा परी अन्य ६ जना घाइते भएका छन्।

आइतबार बिहान करिब ३ बजे धुलाखोला तथा आसपासका खोल्सामा हिलोमाटोसहितको बाढी गाउँमा पसेपछि घरमै सुतिरहेकी विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ ।

बाढीमा परी दुई बालबालिकासहित ६ जना घाइते भएका छन्। घाइते हुनेमा ५० वर्षीया चाउरी विक, ४४ वर्षीया रेउली विक, ४८ वर्षीय विष्णु विक, १५ वर्षीया निरुता विक, १३ वर्षीया सीता विक र ६५ वर्षीय जस विक रहेको प्रहरीले जनाएको छ। बाढीले १० घरमा क्षति पुगेको छ।