Indrenionline.com

कर्णाली नदीमा खसेको गाडी अझै भेटिएन

सुर्खेत । बिहीबार बिहान करिब साढे ११ बजे कर्णाली नदीमा खसेको फोर्स गाडी अझै भेटिएको छ्रैन । दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ सांगेतडाबाट कर्णाली नदीमा खसेको थियो । गाडी नदीमा खसेको १० घण्टा बित्दा पनि भेटिएको छैन ।

भीरमा अड्किएको अवस्थामा एक जनाको शव निकालिए पनि उनको सनाखत हुन पनि भएको छैन । सुर्खेत बसपार्कबाट ५ जना यात्रु बोकेर छुटेको गाडीमा कतिजना सवार थिए भन्नेबारे एकीन हुन नसकेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

घटनास्थलमा रहेका प्रदेश प्रहरी प्रमुख डीआईजी जयराज सापकोटाले अप्ठ्यारो भूगोल र नदीमा डुबेको गाडी नदेखिँदा दुर्घटना भएको झण्डै १० घण्टासम्म पनि उद्धार गर्न नसकिएको बताएका छन् ।सुर्खेतको वीरेन्द्रनगरबाट कालीकोटको रास्कोट जाँदै गरेको कर्णाली प्रदेश–०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी कर्णाली नदीमा खसेको थियो ।