काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले मातहतका विभाग र क्याम्पसबाट ६० दिनभित्र दलीय विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन दिएको छ ।
सरकारको सयबुँदे कार्यसूचीमा ६० दिनभित्र विद्यार्थी संगठनको संरचना हटाउने उल्लेख भएकाले त्रिविले यस्तो निर्देशन दिएको हो ।
दलीय विद्यार्थी संगठनका संरचना हटाउएर ९० दिनभित्र विद्यार्थी काउन्सिल भ्वाइस अफ स्टुडेन्ट संयन्त्र विकास गर्ने सरकारको कार्यसूचीमा उल्लेख छ ।
सरकारले विश्वविद्यालयसम्बन्धी अध्यादेशमार्फत विश्वविद्यालय सभामा स्वतन्त्र विद्यार्थी युनियनको प्रतिनिधित्व रहने व्यवस्था पनि निलम्बन गरिदिएको छ ।
