प्यूठान । प्यूठानको स्वर्गद्वारी नगरपालिकाका उपमेयरले चलाएको सरकारी गाडी दुर्घटनामा परेको छ ।
उपमेयर मिनराज राना मगरले चलाएको लु.प्र.०१–००१ झ ०००८ नम्बरको गाडी स्वर्गद्वारी –२ बाङ्गेशालमा आज वेलुका पौने ५ बजेतिर दुर्घटना भएको हो । गाडी सडकबाट करिव ४०० मिटर तल खसेको छ । दुर्घटनामा परी उपमेयर अचेल अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
गाडीसँगै मुनि च्यापिएको अवस्थामा फेला परेका उपमेयरले कुनै प्रतिक्रिया नदिएको भन्ने सूचना घटनास्थलबाट मातहतका प्रहरीले पठाएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ । उपमेयर मगर स्वर्गद्वारीबाट धनवाङतर्फ जाँदै गर्दा दुर्घटनामा परेका थिए। उनी गाडीमा एक्लै सवार रहेको बताइएको छ ।
