चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित भएका छन्। चितवनमा जारी प्रथम महाधिवेशन अन्तर्गत आज भएको पदाधिकारी निर्वाचनबाट आचार्य महामन्त्री निर्वाचित भएका हुन्।
महामन्त्री पदमा आचार्य, मनिष झा, सागर ढकाल र गणेश कार्कीबीच प्रतिस्पर्धा भएको थियो। महामन्त्रीमा उम्मेदवारी दिएका गणेश पराजुली, राजु पाण्डे, कबिन्द्र बुर्लाकोटी, जगदीश खरेल, रन्जु दर्शना र प्रमोद न्यौपानेले विपिनलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएका थिए।
महामन्त्री आचार्य दाङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभाका सांसद पनि हुन् । आचार्य रास्वपाका संस्थापक सहमहामन्त्री हुन् ।
