Indrenionline.com

फैलियो ११ जिल्लामा बर्डफ्लु संक्रमण

काठमाडौँ । तीन महिनाअघि देखि विभिन्न स्थानमा देखिन थालेको बर्डफ्लु संक्रमण काठमाडौँ उपत्यकासहित देशका ११ जिल्लामा फैलिएको छ।

पशु सेवा विभागका अनुसार हालसम्म झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन, नवलपरासी, काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रेपलाञ्चोक गरी ११ जिल्लाका ८२ स्थानमा पुष्टि भइसकेको छ।

गत चैत ४ गतेदेखि मोरङमा बर्ड फ्लु (एच फाइभ एन वान) प्रमाणित भएको थियो। त्यसयता बर्डफ्लु नियन्त्रण तथा रोकथाम गर्ने क्रममा रोगबाट प्रभावित ५ लाख ६९ हजार ८५८ पन्छी नष्ट गरिसकिएको विभागले जनाएको छ।