Indrenionline.com

मेसी बने विश्वकपकै सर्वाधिक गोलकर्ता

काठमाडौं । अर्जेन्टिनी कप्तान लियोनल मेसी विश्वकप फुटबल प्रतियोगिताकै सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् । चालू विश्वकपअन्तर्गत सोमबार राति डालास रंगशालामा अस्ट्रियाविरुद्धको खेलमा गोल गर्दै उनले १८ गोल पुर्‍याएका छन् ।

दुई गोल हानेर अस्ट्रियाविरूद्धको खेलमा अर्जेन्टिनालाई ०-२ को जित दिलाएका थिए । समूह चरणको खेलमा लगातार दोस्रो जितसँगै अर्जेन्टिना नकआउट चरणमा प्रवेश गरेको छ।

मेसीले खेलको ३८ औँ मिनेटमा मेडिनाको क्रसमा गोल गर्दै विश्वकीर्तिमान राखेका छन् । यसअघि अल्जेरियाविरुद्ध ह्याट्रिक गर्दै मेसीले क्लोजको १६ गोलको रेकर्ड बराबरी गरेका थिए ।