Indrenionline.com

देउवाको जलेर खण्डहर भएको घरमा अख्तियारको तामेली सूचना

काठमाडौं । इ-पासपोर्ट खरिद प्रक्रियामा अनुसन्धान गर्नुपर्ने भएको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेपाली कांग्रेसकी नेता एवम् पूर्वपरराष्ट्र मन्त्री आरजु राणा देउवालाई बयानका लागि हाजिर हुन सूचना टाँसेको छ।

आयोगले २०८२ भदौ २४ मा जेनजी आन्दोलनका क्रममा जलेर खण्डहर भएको बूढानीलकण्ठस्थित देउवा निवासमा सूचना टाँसेको हो। घर जलाइदिएपछि देउवा दम्पत्री महाराजगन्जमा घर भाडा लिएर बसेका थिए। आन्दोलनका क्रममा देउवा दम्पत्तीलाई निर्घात कुटपिट समेत गरिएको थियो । उपचारका लागि देउवा दम्पत्ती लामो समयदेखि विदेशमा छन् ।