काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता तथा पूर्वसभामुख कृष्णबहादुर महराले सक्रिय राजनीतिबाट बिदा लिएका छन् ।
आज बिहीबार एक विज्ञप्ति जारी गर्दै महराले सक्रिय राजनीतिबाट बिदा लिएको घोषणा गरेका हुन् । शारीरिक असक्तका कारण पार्टीको जिम्मेवारीबाट अलग हुनु परेको विज्ञप्तिमा उल्लेख छ । महराले आफू ‘एट्रोफी’ सम्बन्धी नसा र मांसपेशीको समस्याबाट पीडित रहेको बताएका छन् । । नियमित उपचार, थेरापी र औषधि सेवन गर्दा पनि स्वास्थ्यमा अपेक्षित सुधार नभएकाले पार्टीका नियमित गतिविधि र जिम्मेवारी वहन गर्न कठिन भएको विज्ञप्तिमा उल्लेख छ । तर पार्टीको साधारण सदस्यको भूमिकामा भने रहने विज्ञप्तिमा उल्लेख छ ।
विगत ४८ वर्षदेखि नेपाली कम्युनिस्ट आन्दोलनमा निरन्तर सक्रिय रहँदै महरा नेकपा माओवादीको दश वर्षको जनयुद्धमा पनि प्रभावसाली नेताका रुपमा रहेका थिए । माओवादी शान्तिलाई शान्ति प्रक्रियामा ल्याउन सरकारसँगको वार्ता टोलीको मुख्य भूमिका खेल्दै महरा पार्टीको उपाध्यक्षसम्म भए भने प्रतिनिधिसभाका सभामूख, उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री, सूचना तथा सञ्चारमन्त्री, गृहमन्त्री लगायतको जिम्मेवारी समेत समालेका थिए ।
