Indrenionline.com

आज संसदमा प्रधानमन्त्रीले प्रश्नको जवाफ दिने कार्यसूची

काठमाडौं । प्रतिनिधि सभाको दोस्रो अधिवेशनको २६ औँ बैठक आज बिहान ११ बजे बस्दैछ। संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित दैनिक कार्यसूचीमा विनियोजन विधेयक (बजेट), २०८३ माथि उठेका प्रश्नहरूको जवाफ दिने र विधेयक पारित गर्ने तयारी छ।

बैठकमा विनियोजन विधेयक, २०८३ अन्तर्गत विभिन्न मन्त्रालय तथा निकायहरूको शीर्षकहरूमाथि बजेट छलफलका क्रममा उठेका प्रश्नहरूको सम्बन्धित माननीय मन्त्रीहरूले जवाफ दिनेछन्। जसमा प्रधानमन्त्री बालेन्द्र शाहले पनि प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय र रक्षा मन्त्रालयका जवाफ दिने कार्यसूचीमा रहेको छ।

आजै विनियोजन विधेयक, २०८३ का दफाहरूलाई निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची छ। त्यसलगत्तै अर्थ मन्त्री स्वर्णिम वाग्लेले विनियोजन विधेयक, २०८३ लाई पारित गरियोस् भनी सदनमा प्रस्ताव प्रस्तुत गर्नेछन् ।