Indrenionline.com

मनसुन भित्रिन अझै केही दिन पर्खनुपर्ने

काठमाडौं । नेपालमा यस वर्षको मनसुन केही दिन ढिलाइ हुने भएको छ । गत वर्ष १५ दिन अघि नै भित्रिएको मनसुन भित्रन यसपटक अझै केही दिन लाग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

नेपालमा सामान्यतया जुन १३ मा मनसुन प्रवेश गर्ने सरदर अनुमान रहेपनि यस वर्ष अहिलेसम्म मनसुन प्रणाली नभित्रिएको विभागले जनाएको छ । भूउपग्रहबाट प्राप्त तथ्याङ्क तथा गणितीय मौसम पूर्वानुमानको विश्लेषणका आधारमा मनसुन भित्रिन अझै केही दिन लाग्ने विभागले जनाएको हो ।

विभागका अनुसार हाल प्रशान्त महासागरमा ‘एल निनो’ विकसित भइसकेको र यो अझै बलियो हुने क्रममा रहेकोले यसको सिधा प्रभाव दक्षिण एसियासहित नेपालको मनसुनी प्रणालीमा पर्ने देखिएको छ ।