लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ को बजेट आज प्रदेश सभामा प्रस्तुत हुँदैछ ।
प्रदेशसभाको आठौँ अधिवेशन अन्तर्गत नवौँ बैठकमा बेलुका ५ बजे आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले बजेट पेस गर्ने कार्यक्रम छ ।
सरकारले बजेटमा कृषि क्षेत्रको आधुनिकीकरण, सिँचाइ विस्तार, जैविक खेती, स्थानीय तथा रैथाने बाली संरक्षण, कृषि उत्पादनको ब्रान्डिङ र मूल्य शृङ्खला विकासलाई प्राथमिकतामा राखेको छ । कृषि उत्पादन वृद्धि गर्दै आयात प्रतिस्थापन र निर्यात प्रवर्धन गर्ने नीति बजेटमा समेटिनेको छ ।यसपटक प्रदेश सरकारले ३८ अर्बको हाराहारीमा सरकारले बजेट ल्याउने तयारी गरेको छ ।
