कालीकोट । कालीकोट जिल्लाको सान्नीत्रिवेणी गाउँपालिका–९, मुम्राको सुपेचौरमा एक युवाको हत्या भएको छ। गएराति अज्ञात समूहले सान्नीत्रिवेणी गाउँपालिका–४ का अन्दाजी ३१ वर्षीय सुरेन्द्रबहादुर शाहीको हत्या गरेको प्रहरीले जनाएको छ।
गाउँ नजिकैको खरबारीमा शाहीको शव फेला परेको प्रहरीले जनाएको छ। घटनास्थलमा शाहीमाथि प्रहार गरिएको हुन सक्ने ढुङ्गासमेत भेटिएकाले अज्ञात समूहद्वारा हत्या गरिएको आशंका गरिएको छ। यद्यपि, घटनाको वास्तविक कारण भने खुल्न सकेको छैन।
