Indrenionline.com

प्रधानमन्त्री प्रचण्डको शपथग्रहण आज,आजै सानो आकारको मन्त्रीमण्डल बिस्तार

काठमाडौँ, २० साउन । नबनिर्बाचित मुलुकका ३९ औ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आज सफत ग्रहण हुने भएको छ । राष्ट्रपति कार्यालयले नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आज दिउसो ३ बजे प्रधानमन्त्री पदको शपथ ग्रहण गराउने तयारी गरेको हो । नवनिर्वाचित प्रधानमन्त्रीले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको शपथ लिनुहुने छ । प्रधानमन्त्रीको शपथका लागि राष्ट्रपति कार्यालयले आवश्यक तयारी सुरु गरेको जानकारी राष्ट्रपतिका स्वकीय जनसम्पर्क सचिव जीवन साहले दिनुभयो ।

राष्ट्रपति कार्यालयको अग्रभागमा हुने शपथ ग्रहण समारोहका लागि राष्ट्रपति कार्यालय सिँगार्ने काम पनि सुरु भइसकेको छ । व्यवस्थापिका–संसद्का सभामुख ओनसरी घर्तीले हिजो नै नयाँ प्रधानमन्त्री निर्वाचित भएको व्योहोराको पत्र राष्ट्रपति भण्डारीसमक्ष प्रस्तुत गर्नुभएको थियो ।असैबिच आजै सानो आकारको मन्त्रीमण्डल समेत बिस्तार हुनेछ ।