काठमाडौंः आज सातै प्रदेशमा वर्षाको सम्भावना छ। जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ।
मधेस, कोसी, वाग्मती र गण्डकी प्रदेशका तराई भूभाग, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागका थोरै स्थान, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागका एकदुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको पूर्वानुमान छ।
राति देशभर साधारणतया बादल लाग्ने र सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभाग तथा कोसी, मधेस, वाग्मती, गण्डकी प्रदेशलगायत कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा मध्यम वर्षा/हिमपातको सम्भावना छ।
