इन्द्रेणी संवाददाता
घोराही, ५ बैशाख
दाङमा मानसिक समस्या बढ्दै गएको त्यसक्षेत्रमा काम गर्ने विभिन्न सस्थाहरुले बताएका छन । पहिले सामान्य तनाबलाई ब्यबस्थापन गर्न नसक्दा डिप्रेसनको सिकार हुने गरेको र आत्महत्या सम्म गर्ने घटनाहरु बढ्दो अबस्थामा रहेको ती सस्थाहरुले बताएका छन ।

सक स्वास्थ्य सम्बन्धी समस्याभएका विरामीहरुको लागि उचित परामर्श र उपचार दिनपनि सुरु गरीएको छ । जिल्लाका विभिन्न सरोकारवाला निकायहरुको पहलमा मानसिक स्वास्थ्य सम्बन्धी समस्याभएका विरामीलाई परामर्श गर्ने र कडा खालका विरामीहरुको लागि उपचार गर्ने ब्यबस्था मिलाईएको हो ।
अहिले दाङमा मानसिक स्वास्थ्य प्रबद्र्धन समिति गठन गरेर मानसिक स्वास्थ्य क्षेत्रमाकामगर्न सुरु गरीएको हो । जिल्ला जनस्वास्थ्य कार्यालय दाङका प्रमुख डा. भुवन पौडेको सयोजकत्वमा गठन गरीएको मानसिक स्वास्थ्य प्रबद्र्धन समितिले जिल्लाका विभिन्न गाविस तथा नगरपालिकाहरुमा समय देखि काम गर्दै आईरहेको छ ।।