Indrenionline.com

समस्याग्रस्त कर्णाली विकास बैंकले फिर्ता गर्‍यो ४७ करोड निक्षेप

बाँके । कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडले हालसम्म बचतकर्ताको ४७ करोड १४ लाख निक्षेप फिर्ता गरेको जनाएको छ।

नेपाल राष्ट्र बैंकबाट गठित कर्णाली डेभलपमेन्ट बैंक व्यवस्थापन समूहले प्रेस विज्ञप्ति जारी गर्दै हालसम्म ४७ करोड १४ लाख रुपैयाँ फिर्ता गरिसकिएको जानकारी दिएको हो। विज्ञप्तिमा कर्जा असुलीका आधारमा निक्षेप भुक्तानी तथा संस्थाको सुदृढीकरण प्रक्रिया क्रमशः अगाडि बढिरहेको उल्लेख गरिएको छ।

व्यवस्थापन समूहले निक्षेप अपचलनमा संलग्न व्यक्तिहरूविरुद्ध कानुनी कारबाही प्रक्रिया अघि बढाइएको जनाउँदै संस्थाबाट प्रवाहित ऋण असुलीबाट प्राप्त रकमका आधारमा निक्षेपकर्तालाई रकम फिर्ता गर्ने कार्य जारी रहेको जनाएको छ।

नेपाल राष्ट्र बैंक सञ्चालक समितिको २०८१ पुस १० गतेको निर्णयअनुसार बैंकलाई समस्याग्रस्त संस्था घोषणा गरी व्यवस्थापन नियन्त्रणमा लिइएको थियो। ।

बेलाबेलामा बचतकर्ताले आफ्नो रकम फिर्ताको माग गर्दै बैंकको केन्द्रीय कार्यालय नेपालगञ्जदेखि शाखा कार्यालयसम्म घेराउ, नाराबाजी, तालाबन्दी तथा विरोध प्रदर्शन गर्दै आएका छन्।