Indrenionline.com

रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेले सर्वदलीय बैठक बोलाएका छन् ।

समसामयिक राजनीतिक विषयमा छलफल गर्न सोमबार बिहान ९ बजे सर्वदलीय बैठक आह्वान गरिएको पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिएका छन्। बैठक सिंहदरबारस्थित संसद सचिवालयमा रहेको सार्वजनिक लेखा समितिको हलमा बस्नेछ।

बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूबाट पार्टी नेतृत्व (अध्यक्ष, सभापति) सहित दुई जना सहभागी हुन आमन्त्रण गरिएको छ ।