Indrenionline.com

दाङमा ब्राउन सुगरसहित ६ जना पक्राउ

दाङ । दाङमा प्रहरीले लागुऔषध ब्राउन सुगरसहित ६ जनालाई पक्राउ गरेको छ । जिल्लाका विभिन्न स्थानबाट उनहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरुमा प्यूठान स्वर्गद्धारी नगरपालिका ३ भिङग्री बस्ने २८ वर्षका उत्तम सुनार, घोराही उपमहानगपालिका ५ धर्ना बस्ने २५ वर्षका पिन केसी, सोही ठाउँकै घोराही ५ रतनपुर बस्ने २५ वर्षका पुष्कर भण्डारी र रोल्पा सुनिलस्मृती ५ काभ्रा बस्ने २९ वर्षका किरन थापा रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । उनीहरुबाट ३४० मिलिग्राम ब्राउन बरामद गरिएको छ । घोराही उपमहानगरपलिका १५ जानकी टोलमा ब्राउन सुगरको कारोबार भइरहेको सूचना पाएपछि विहीबार जिल्लाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

त्यसैगरी घोराही उप(महानगरपालिका १४ नयाँ बजार स्थित सडकबाटोमा शंकास्पद रुपमा हिडिरहेका घोराही १८ अम्बापुर बस्ने २८ वर्षका बिजय पोख्रेल र घोराही १५ आईरनगेट टोल बस्ने १८ का प्रदिप सुनारलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुको शरीर खानतलासी गर्ने क्रममा प्लाष्टिकको पुडिया बनाई राखेको अवस्थामा ८० मिलिग्राम ब्राउन सुगर फेता परेको थियो । पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भएको प्रहरीले जनाएको छ ।