रोल्पा । रोल्पाको माडी गाउँपालिका–२ व्याङखोलामा आज बिहान भएको जीप दुर्घटनामा तीन जनाको ज्यान गएको छ ।
बिहान करिब ८ बजे भएको दुर्घटनामा एक महिला र दुई पुरुषको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । विकट ठाउँमा दुर्घटना भएकाले थप जानकारी आउन बाँकी छ ।
माडी गाउँपालिका–२ घर्तिगाउँस्थित सहिद मार्गअन्तर्गत कालापहर क्षेत्रमा अस्थायी नम्बर प्लेट MH14TCJ 471 भएको बोलेरो सडकबाट करिब ६०० मिटर तल खसेको बताइएको छ ।
दुर्घटना स्थलमा इलाका प्रहरी कार्यालय घर्ती गाउँबाट प्रहरी टोली खटिएको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक कृष्ण श्रेष्ठले जानकारी दिएका छन् ।
