Indrenionline.com

प्रतिनिधिसभा बैठक २५ गते सम्मका लागि स्थगित

काठमाडौं । विपक्षी दलहरूको अवरोधका कारण प्रतिनिधिसभा बैठक स्थगित भएको छ । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको अर्को बैठक २५ गते बस्ने गरी स्थगित गरेको घोषणा दिए ।

दुई घण्टा ढिलोगरी सुरु भएको बैठकमा अहिले विपक्षी दलहरू उठेर विरोध गरेका थिए । दिउँसो १ बजे बस्ने भनिएको प्रतिनिधिसभा बैठक ३ बजेमात्रै सुरु भएको थियो ।

विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाहले सीमा विवादबारे दिएको अभिव्यक्तिको तथ्य माग गर्दै आएका छन् । बिना तथ्य बोलेको हो भने माफी माग्नुपर्ने विपक्षी दलहरूको अडान छ ।

प्रधानमन्त्री शाहले आइतवारको संसद बैठकमा भारतले नेपालको मात्रै होइन नेपालले पनि भारतको जग्गा मिचेको छ भनेर अभिव्यक्ति दिएका थिए ।