वीरगन्ज । जिल्ला अदालत पर्साले वीरगन्जका मेयर राजेशमान सिंहलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ। मंगलबार जिल्ला अदालत पर्साका मुख्य न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले मेयर सिंहलाई ४ लाख १५ हजार धरौटीमा छाड्न आदेश दिएको हो ।
लिखत सम्बन्धी कसुर गरेको आरोपमा जिल्ला अदालत पर्साले गएको १२ गते उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । पक्राउ पुर्जी जारी भएपछि त्यसको भोलिपल्ट मेयर सिंह अदालतमा पुगेका थिए । तर अदालतमा हाजिर नभई फरार भएपछि प्रहरीको विशेष टोलीले उनलार्इ जिल्लाको ठोरीबाट पक्राउ गरेको थियो ।
