Indrenionline.com

सुधन गुरुङ छानबिन समितिको म्याद पाँच दिन थप

काठमाडौँ । सरकारले पूर्वगृहमन्त्री सुधन गुरूङमाथि छानबिन गर्न गठन भएको समितिको म्याद पाँच दिन थप गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले समितिको म्याद पाँच दिन थप गर्ने निर्णय गरेको हो ।

वैशाख २३ गते बसेको मन्त्रिपरिषद्को बैठकले उक्त समिति गठन गर्ने निर्णय गरेको थियो। यस समितिलाई १५ दिनको समय दिइएको थियो।

गुरुङ विषयमा आएका सार्वजनिक विषय, सेयर लगानी र सम्पत्तिको स्रोतमाथि छानबिन गर्न बनेको समितिलाई समय सोमबारसम्म थियो । गुरुङमाथि सेयर लगानीको स्रोत र सम्पत्ति शुद्धीकरण अनुसन्धानका लागि हिरासतमा रहेका दीपक भट्टसँग व्यावसायिक साझेदारी देखिएपछि विवादमा तानिएका थिए ।