काठमाडौँ । संसद्मा अमर्यादित गतिविधि गर्ने सांसदमाथि छानबिन गर्न समिति गठन भएको छ । सदन अवरोध गर्दा अमर्यादित र आपत्तिजनक व्यवहार गरेको बताउँदै सभामुख डोलप्रसाद अर्यालले समिति गठन गरेका हुन्।
आजै सो विषयका सम्बन्धमा मुचुल्का समेत तयार भइसकेकाले यस सम्बन्धमा थप जाँचबुझ गरी ७ दिनभित्र सभामुखसमक्ष प्रतिवेदन पेस गर्ने गरी समिति गठन गरिएको हो । जसमा सचिव प्रकाश अधिकारी संयोजक, संघीय संसदको आन्तरिक सेवा तथा योजना व्यवस्थापन महाशाखाका प्रमुख र प्रविधि व्यवस्थापन महाशाखा प्रमुख सदस्य रहेको सभामुख आचार्यले बताए ।
