Indrenionline.com

रास्वपा सभापति रवि लामिछाने भारत पुगे

काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भारतको नयाँ दिल्ली पुगेका छन्।

भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा नयाँ दिल्ली पुगेका सभापति लामिछानेको टोलीलाई स्वागत गर्न भाजपाका राष्ट्रिय महासचिव तथा राज्यसभा सांसद अरुण सिंह विमानस्थलमा पुगेका थिए । लामिछानेले त्यहाँ उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटघाट गर्ने कार्यसूची छ।

पत्नी निकिता पौडेल, सहमहामन्त्री विपिन आचार्य, सचिवालय सदस्य दीपक बोहरा, प्रदीप आचार्यसहित लामिछाने ५ दिने भ्रमणका लागि भारत गएका हुन्।