Indrenionline.com

प्रधानमन्त्रीको अभिव्यक्ति देशद्रोही : गगन थापा

बुटवल । नेपाली कांग्रेस सभापति गगनकुमार थापाले प्रधानमन्त्री बालेन्द्र शाहले हिजो आइतवार सदनमा दिएको नेपालले पनि भारतको जग्गा मिचेको छ भन्ने अभिव्यक्ति आपत्तिजनक, चिन्ताजनक र देशद्रोही प्रवृत्तिको भएको बताएका छन् ।

कांग्रेसको बिहीबारदेखि सुर भएको लुम्बिनी प्रदेशस्तरिय जरा अभियानको सुरुवात गर्दै सभापति थापाले तथ्य, प्रमाण र दस्तावेजबिना प्रधानमन्त्रीले यस्तो बोल्नु राष्ट्रहितविपरीत भएको बताए ।

‘तथ्य, प्रमाण र दस्तावेजबिना प्रधानमन्त्रीले यस्तो बोल्नु राष्ट्रहितविपरीत छ, २०७४ सालमा सबै दल मिलेर संसदबाट एकमतले पारित गरेको नेपालको नक्सा र त्यसका आधारहरूलाई नजरअन्दाज गरिनु देशद्रोही प्रवृत्ति हो’, सभापति थापाले भने ।

प्रधानमन्त्रीको यस्तो गैरजिम्मेवारपूर्ण कदमले नेपालीको शिर निहुराएको र राष्ट्रिय अखण्डतालाई खण्डित गर्ने दुष्प्रयास गरेको भन्दै थापाले तत्काल संसद्‌मा उपस्थित भएर आफ्नो गल्ती स्वीकार गरी जनतासँग माफी माग्नुपर्ने बताए ।