लिबियाको पूर्वी शहर बेनगाजीमा भएको कार बम बिस्फोटनमा परि कम्तिमा २२ जनाको मृत्यु भएको छ । सुरक्षाकर्मीलाई लक्षित गरी भएको बिस्फोटनमा अन्य २० जना घाइते भएका छन् । बेनगाजीको गुवार्शा जिल्लाको आवासीय क्षेत्रमा बिस्फोट भएको समाचार संस्था रोयटर्सले जनाएको छ ।