Indrenionline.com

सरकारले ल्यायो २१ खर्ब २४ अर्ब ३४ करोडको बजेट (पूर्णपाठसहित)

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा शुक्रबार आगामी आर्थिक वर्ष २०८३/८४ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्नुहुँदै । तस्बिर : रत्न श्रेष्ठ / रासस

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३ ८४ का लागि २१ खर्ब २४ अर्ब ३४ करोड बराबरको बजेट ल्याएको छ ।
आज बसेको सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट प्रस्तुत गरेका हुन् ।

बैठकमा अर्थमन्त्री वाग्लेले कुल विनियोजित बजेटमध्ये चालुतर्फ १२ खर्ब ७० अर्ब ५८ करोड अर्थात ५९.८ प्रतिशत, पुँजीगततर्फ चार खर्ब ३१ अर्ब १० करोड अर्थात २०.३ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ चार खर्ब २२ अर्ब अर्थात १९.९ प्रतिशत विनियोजन गरिएको जानकारी दिएका थिए ।

विनियोजित बजेटका लागि राजस्वबाट १४ खर्ब ५ अर्ब बाँडफाँटपछिको चालु वर्षमा १३ खर्ब १५ अर्ब अनुमान गरिएको थियो। बाँडफाँटपछिको राजस्व अहिलेसम्म नौँ खर्ब पनि संकलन नभएको अवस्था छ ।

त्यस्तै वैदेशिक ऋणबाट २ खर्ब ४७ अर्ब, आन्तरिक ऋणबाट ४ खर्ब १० अर्ब स्रोत राखिएको छ । त्यस्तै सरकारले बजेटमा वैदेशिक अनुदान ६१ अर्बको अनुमान गरेको छ । चालु वर्षमा ५३ अर्ब ४५ करोड लक्ष्य राखिएको थियो। अहिलेसम्म २० अर्ब ७७ करोड मात्रै अनुदान प्राप्त भएको छ।

बजेटको पूर्णपाठ हेर्न यहाँ क्लिक गर्नुहोस् :-

आर्थिक वर्ष २०८३ ०८४ को बजेट आर्थिक वर्ष २०८३-०८४ को बजेट