Indrenionline.com

सरकारले आज नयाँ बजेट ल्याउदै

काठमाडौं । सरकारले आज आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि बजेट ल्याउँदैछ। आज शुक्रबार अपराह्न ४ बजे बस्ने प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्नेछन् ।

सरकारले साढे २१ खर्ब बजेटको सिलिङ भित्र रहेर बजेट ल्याउने तयारी गरेको छ । राष्ट्रिय स्रोत अनुमान समितिले आर्थिक वर्ष २०८३/o८४ को बजेट सिलिङ (सीमा) १८ खर्ब ९० अर्ब रुपैयाँ तोकेको थियो । तर त्यो सीमाभित्र रहेर बजेट बनाउन नसक्ने भएपछि बुधबार अर्थमन्त्रीकै आग्रहमा बसेको स्रोत समितिले यसअघि दिएको बजेटको सिलिङ बढाएर बताइएको छ ।

साढे २१ खर्ब बजेट आए चालु आर्थिक वर्षको बजेटको संशोधित अनुमानभन्दा साढे ४ खर्ब बढी हुनेछ । चालु आर्थिक वर्षमा १९ खर्ब ६४ अर्बको बजेट विनियोजन गरिएको थियो ।