हुम्ला । जेठ ५ गते हावाहुरीसहित आएको बाढीपहिरोले विद्यालयको भवन भत्काएपछि हुम्ला चङ्खेली गाउँपालिका–५ स्थित डाँफे आधारभूत विद्यालयका बालबालिका नजिकैको सामुदायिक भवनको खाली चौरमा पढ्न बाध्य छन् ।
एक हप्तादेखि खुला आकाशमुनि जोखिममै भए पनि पठनपाठन सञ्चालन भइरहेको विद्यालयका प्रधानाध्यापक बली तामाङले बताएका छन् । बाढीले विद्यालय भवनमा पूर्ण रूपमा क्षति पु¥याएपछि त्यहाँ अध्ययनरत ८० बालबालिकालाई गाउँको सामुदायिक भवनबाट पठनपाठनको व्यवस्था मिलाइएको हो ।
विद्यालयका प्रधानाध्यापक तामाङका अनुसार विद्यालय भवन बगाएपछि हाल यहाँको अवस्था अस्तव्यस्त छ । खुला चौरमा लामो समयसम्म बस्नुपर्दा विद्यार्थी बिरामी परेका छन् ।
