काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ गतेको जेनजी आन्दोलनको नेतृत्व सुधन गुरूङले नेतृत्व लिएपछि हुलदंगा भएको निष्कर्ष निकालेको छ।
आयोगकी आयुक्त लिली थापा नेतृत्वको छानबिन समितिले तयार पारेको प्रतिवेदनले हाल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं पूर्वगृहमन्त्री सुधन गुरूङमाथि थप अनुसन्धान गर्न भनेको छ।
“भदौ २३ गते एभरेष्ट होटल अगाडि २० देखि २५ हजारको भीड जम्मा भइसकेपछि करिब १२ बजेतिर हामी नेपाल संस्थाका सुधन गुरूङले भीडको नेतृत्व गरेको पाइन्छु”, छानबिन प्रतिवेदनमा भनिएको छ, “यसरी निज गुरूङले नेतृत्व लिएपछि प्रदर्शनकारीहरू आक्रोशित भई सुरक्षा ब्यारिकेड तोडी निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेपछि सुरक्षाकर्मीसँग मुठभेड र झडप भई हुलदंगामा परिणत भएको देखिन्छ।”
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने भदौ २४ गते जेनजी आन्दोलन क्रममा नख्खु कारागारबाट बाहिरिएको घटना फौजदारी अपराध भएको उल्लेख गर्दै आयोगले यसबारे अनुसन्धान गर्न भनेको छ।
प्रतिवेदन हेर्न यहाँ क्लिक गर्नुहोस् :
