कास्की । कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरूद्ध रहेको सम्पत्ति शुद्धीकरण र संगठित अपराध कसुरलाई फिर्ता गर्ने आदेश गरेको छ।
न्यायाधीश हिमलाल बेल्बासेको इजलासले सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता लिई सहकारी ठगी अभियोगमा मात्र मुद्दा निरन्तरता दिन आदेश दिएको हो । सरकारी वकिल कार्यालय कास्कीले अभियोगपत्र संशोधन गर्न माग गर्दै अदालतमा निवेदन दिएको थियो । जिल्ला अदालतका सूचना अधिकारी रामबहादुर किसानले लामिछानेसहित प्रतिवादी रहेको मुद्दामा अभियोगपत्र संशोधन गर्न अदालतले आदेश दिएको जानकारी दिए ।
अदालतले पीडितको बचत शीघ्र फिर्ता गराउन यस्तो आदेश दिइएको जनाएको छ । आदेशमा भनिएको छ, “पीडित जाहेरवालाहरूको बचत रकम सहज र शीघ्र फिर्ता दिलाउनु नै न्यायिक निरूपणको मूल विषयवस्तु हो ।” जाहेरवाला र प्रतिवादीबिच हुने सक्ने सम्भावित मिलापत्र वा रकम फिर्ताको प्रक्रिया सहज बनाउन र प्रतिवादीबिचको कानुनी एकरूपता र त्रुटि सच्याउन यस्तो आदेश भएको जनाइएको छ ।
यसअघि २०८२ पुस ३० लामिछानेको हकमा मात्र अभियोग संशोधन गर्ने निर्णय भएकोमा त्यसलाई त्रुटि मान्दै सबै प्रतिवादीहरूको अभियोग संशोधन गर्न अदालतले आदेश गरेको हो । सबै प्रतिवादीलाई एउटै प्रकृतिको कानुनी प्रक्रियामा राख्न र अघिल्लो निर्णयको प्राविधिक त्रुटि सच्याउन अभियोगपत्र संशोधन गर्नुपरेको आदेशमा उल्लेख छ ।गदाबी लिइएको छ ।
