Indrenionline.com

आजको मौसम : केही प्रदेशमा वर्षाको सम्भावना, तराईँमा अत्यधिक गर्मी

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहँदा हाल देशको पहाडी र हिमाली भूभागमा साधारणतया बादली छ । बाँकी तराई भू-भागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो कोशीलगायत, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ। मधेस प्रदेशलगायत बागमती र गण्डकी प्रदेशको तराई भू–भाग र बाँकी प्रदेशका हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्ने र बाँकी तराई भू–भागमा मुख्यतया सफा रहनेछ।

महाशाखाका अनुसार कोशीलगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागको थोरै स्थानहरूमा, मधेस प्रदेश तथा लुम्बिनी र कर्णाली प्रदेशको हिमाली र पहाडी भू–भागका साथै बागमती र गण्डकी प्रदेशका तराई भू–भागका एकदुई स्थानहरूमा मध्यमसम्म वर्षा÷हिमपातको सम्भावना रहेको छ।

सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भू–भागमा तातो दिन हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण दैनिक जसो कतैन कतै वर्षा भएपनि तराइँका जिल्लाहरुमा भने अत्यधिक गर्मी चढेको छ । गर्मीका कारण तराइँका जिल्लाको जनवीवन कष्टकर बनेको छ । बाँके नेपालगञ्जलगायतका तराइँ क्षेत्रमा केही दिनदेखि तातो हावा चल्ने गरेको छ ।