काठमाडौँ । संवैधानिक परिषदबाट प्रधानन्यायाधीशमा सिफारिस मनोजकुमार शर्माले ‘फास्ट ट्र्याक’ को संसदीय सुनुवाइबाट नाम अनुमोदन हुनासाथ शपथग्रहण लिएका छन् । शर्माले मंगलवार नै शपथ लिएर ३३ प्रधानन्यायाधीशका रूपमा जिम्मेवारी सम्हालेका हुन् ।
सर्वोच्चका न्यायाधीशमध्ये वरिष्ठलाई प्रधानन्यायाधीश बनाउने परम्पराविपरीत चौथो वरीयताका शर्मालाई सिफारिस गरिएपछि अनेक टीका टिप्पणी भएका थिए । यसबाट न्यायालयमा कार्यपालिकाको छाया हुने आशंकासमेत एकथरीले गरिरहेका छन् ।
