कृषि बिकाश बैंक तुलसीपुरले आर्थिक बर्ष २०७२÷०७३ मा १८ करोड लगानी गरेको जनाएको छ । यो लगानी हालसम्मकै सबै भन्दा बढि भएको कृषि बिकास बैंक तुलसीपुरका प्रबन्धक एकराज आचार्यले जानकारी दिनुभयो । हाल सम्म ६९ करोड बिभिन्न क्षेत्रमा ब्यबसायीक लगानी गरेको प्रबन्धक आचार्यको भनाई छ । हाल बैंकमा २२ करोड निक्षेप जम्मा उहाँले जानकारी दिनुभयो ।