काठमाडौँ । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सम्पत्ति शुद्धीकरण कसुरमा आफूलाई पक्राउ गर्न सक्ने भन्दै दायर गरेको रिटमा कारण देखाउ आदेश जारी गरेको छ ।
मंगलबार न्यायाधीश मेघराज पोखरेलको इजलासले देउवाले दायर गरेको रिटमा सुनुवाइ गर्दै अन्तरिम आदेश जारी गर्नेरनगर्ने विषयमा छलफलका लागि जेठ ११ गतेको पेसी तोकिएको छ।
कानुनको उचित पक्रिया तथा क्षेत्राधिकारसम्बन्धी विषयसमेत विचार गर्दा अन्तरिम आदेशको छलफल चाडो सम्पन्न गरी निष्कर्षमा पुग्नु पर्ने देखिँदा प्राथमितकतामा राख्नु पर्ने आदेशमा भनिको छ ।
सर्वोच्चले देउवामाथि भइरहेको सम्पत्ति शुद्धीकरणको फाइलसमेत इजलाशलाई देखाइ फिर्ता लाने गरी झिकाउन पनि आदेश गरेको छ । देउवा विरूद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको छ।
