काठमाडौँ । संसदीय सुनवाइ समितिको बैठकले प्रधानन्यायाधीशमा डा. मनोज शर्माको नाम अनुमोदन गरेको छ ।
संवैधानिक परिषद्ले पठाएका ६ जनाको नाममध्ये हाल सर्वोच्च अदालतमा चौथो वरीयतामा रहेका न्यायाधीश शर्मालाई प्रधानन्यायाधीश बनाउने निर्णय गरेको थियो।
सुनुवाइ समितिमा प्रस्तावित प्रधानन्यायाधीश शर्माले आफ्नो कार्ययोजना प्रस्तुत गरेका थिए भने त्यसमाथि छलफल भएको थियो।
समितिबाट अनुमोदन भएपछि डा. मनोजकुमार शर्माको प्रधानन्यायाधीशको शपथ आजै हुने भएको छ। आज साँझ ६ बजेर १० मिनेटका लागि सथपको समय तय भएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले बताएका छन् ।
