Indrenionline.com

आजदेखि नीति तथा कार्यक्रम छलफल सुरु प्रश्नको जवाफ प्रधानमन्त्री दिने कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बिहान ११ बजे सुरु हुने बैठकमा प्रस्तुत भएको नीति तथा कार्यक्रममाथि छलफल हुनेछ।

बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८३/०८४ को सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल सुरु गर्न प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ प्रधानमन्त्रीले दिने कार्यसूचीमा उल्लेख छ।