Indrenionline.com

हर्कराज राई प्रतिनिधिसभा सचिवबाट हटाइए

काठमाडौँ । प्रतिनिधिसभाका सचिव हर्कराज राईलाई पदमुक्त गरिएको छ । सभामुख डोलप्रसाद अर्यालले वैशाख २८ गते राईलाई पदबाट हटाउन गरेको सिफारिसका आधारमा राष्ट्रपति रामचन्द्र पौडेलले पदबाट हटाएका हुन्।

संघीय संसद्का महासचिव, प्रतिनिधिसभाका सचिव तथा राष्ट्रियसभाका सचिवको पारिश्रमिक, सेवाको सर्त र सुविधा सम्बन्धी ऐन, २०७५ को दफा ६ को खण्ड (ङ) बमोजिम राइलाई पदबाट हटाइएको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले जानकारी दिएका छन्।